
काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठमाथि गम्भीर प्रकृतिको नैतिक प्रश्न खडा भएको छ ।
बुधबार राति निधन भएका पार्टीकै केन्द्रीय सदस्य समेत रहेका पूर्वसांसद एवं पूर्वराजदूत कमानसिं लामासँग जोडिएर सार्वजनिक भएको एउटा विवादित अडियो प्रकरणले श्रेष्ठमाथि नैतिक प्रश्न खडा गरेको हो ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त अडियोमा लामा र श्रेष्ठबीच करिब ८ करोड रुपैयाँको लेनदेन विवादलाई समाधान गर्ने उपाय खोजिएको छ । तर, लामाले अपेक्षा गरेअनुसार श्रेष्ठले समस्या समाधानको पहल नगरेको अडियोबाट स्पष्ट बुझ्न सकिन्छ ।
समग्रमा उक्त अडियो आर्थिक लेनदेनका विषयमा उत्पन्न विवाद समाधानको उपाय खोजीमा केन्द्रित भएको छ भने नारायणकाजी श्रेष्ठले पाउनुपर्ने वा पाउने रकमको बारेमा भने कुनै चर्चा गरिएको पाइँदैन । तर, श्रेष्ठकी अत्यन्त निकट महिला सुशन कर्माचार्य र कमानसिंहकी कान्छी पत्नी इन्द्रमायाको बीचमा भएको लेनदेनको उक्त विवाद र श्रेष्ठले गरेको मध्यस्थताका कारण भने उनी पनि यो प्रकरणमा स्पष्ट रुपमा दोषी देखिन पुगेका छन् ।
वास्तवमा सुशन कर्माचार्य र दिवंगत नेकपाका नेता, पूर्वराजदूत एवम् पूर्वसांसद कमानसिं लामाबीचको लेनदेन विवाद मिलाउने नाममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ मुछिएका हुन् । विवादास्पद आर्थिक लेनदेनमा मुछिएका श्रेष्ठ स्वयम्ले उक्त प्रकरणमा आफूले विवाद मिलाइदिन मध्यस्थता गरेको स्वीकार गरिसकेका छन् । तर, मध्यस्थताको स्वीकारोक्तिसँगै नेपाल कम्युनिष्ट पार्टीको सदस्य, राष्ट्रियसभाको सांसद तथा पटक–पटक मन्त्री समेत भइसकेका उनीमाथि स्वाभाविक रुपमा नैतिक प्रश्न पनि खडा भएको छ ।
भ्रष्टाचारको अन्त्यसँगै मुलुकमा सुशासन कायम गर्ने कठोर बाचाकसम खाएका कम्युनिष्ट पार्टीका जिम्मेवार नेता स्वयम् आफ्नो व्यक्तिगत लाभ र स्वार्थका लागि व्यक्तिहरुका आर्थिक लेनदेनमा संलग्न हुनुले प्रवक्ता श्रेष्ठमाथि नैतिक प्रश्न उठेको हो ।
यिनै नैतिक प्रश्नको सामना गरिरहेका प्रवक्ता श्रेष्ठमाथि छानबिन होला कि नहोला ? उनले छानबिनलाई सहयोग गर्लान कि नगर्लान ? आम चासोको विषय बनेको छ ।
जिम्मेवार नेताले नै व्यापारिक मध्यस्थता गर्ने ? जब आफ्नो स्वार्थ छैन भने करोडौं करोडका आर्थिक लेनदेन र त्यससम्बन्धी विवादमा मध्यस्थता केका लागि ? सधैंजसो पार्टी कार्यकर्तालाई नैतिकताको पाठ पढाइरहने उनी विवादमा तानिएपछि चाहिँ नैतिकताको ख्याल गर्न पर्छ कि पर्दैन ?
त्यसो त नारायणकाजी श्रेष्ठ नेकपाभित्र सादगी र इमानदार देखाउन माहिर छन् । तर, उनैको नाममा करोडौं करोड रकमको लेनदेन विवाद बाहिर आउनु स्वयम् नेकपालाई पनि राजनीतिक र नैतिक क्षति हो ।
नेकपाका नेताहरु भ्रष्टाचार वा विवादको काण्डमा मुछिएको यो नै पहिलो घटना होइन । यसअघि सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पनि आर्थिक लेनदेनको आरोप लागेको थियो । यद्यपि उनले आफ्नोबारेको सो अडियो नक्कली भएको दाबी गर्दै आएका छन् ।
आफ्नोबारे गलत तरिकाले अडियो तयार गरी चरित्रहत्या गरेको र अडियोमा समावेश भएको आवाज नै आफ्नो नभएको दाबी गर्दै उनले कानूनी उपचार खोजिरहेका छन् ।
तर, घटनाबारे निष्पक्ष अनुसन्धानका लागि भन्दै उनले मन्त्री पदबाट तत्काल राजीनामा दिएर अनुसन्धानको वातावरण सहज बनाएका थिए । सोही प्रकृतिको घटनामा मुछिएका नेकपाकै नेता श्रेष्ठले भने आफ्नो गल्ती स्वीकार गरेर मात्र पुग्छ त ?
नारायणकाजीले कमानसिंको घरवारै बिगारेका थिए !
श्रेष्ठ सम्मिलित अडियो बाहिर आएसँगै उनका थप केही गम्भीर तथ्यहरु पनि बाहिरिएको छ ।
आफ्नी श्रीमती इन्द्रमायालाई समेत श्रेष्ठले आफ्नो पक्षमा पारेर करोडौं रकम खाइदिएको र आफ्नो घरबारै बिगारेको भन्दै कमानसिंले यसअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर उजुरी दिएको तथ्य पनि सार्वजनिक भएको छ । तर, प्रवक्ताको हैसियतमा श्रेष्ठले उक्त उजुरी नै गायब बनाएको कमानसिं परिवार स्रोतको दाबी छ ।
आफ्नो परिवार नै बर्बाद बनाउनेसम्मको अवस्था आएपछि श्रेष्ठविरुद्ध अदालतको ढोका ढकढक्याउने तयारी गरिरहेकै बेला कमानसिंले कोरोनाको संक्रमण जित्न नसक्दा निधन भएको स्रोतको दाबी छ ।
सुन्नुहोस, कमानसिं र नारायणकाजीबीचको अडियो संवाद–
भिडियो स्रोत : सनराइज खबर
यो समाचार पनि पढ्नुहोस्–















प्रतिक्रिया