आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

दैनिक नेपाल २०७७ मंसिर २६ गते १५:२७

काठमाडौँ, २६ मंसिर । सानिमा बैंकको १६ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायण चौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो ।

रक्तदान २०७७ मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे देखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित