३ कार्तिक २०८३, मंगलबार

वहुविवाह मुद्दाको फरार गीतादेवी पौडेल पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २६ मंसिर । वहुविवाह मुद्दाको फरार प्रतिवादी फलेवास नगरपालिका–१ की ३२ वर्षीया गितादेवी पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्वतको २०६२ जेठ २३ गतेको फैसलाले १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको बताएको छ ।

उनलाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।