७ कार्तिक २०८३, शनिबार

जगदम्बा सिमेन्टद्वारा ३० विपन्न विद्यार्थीलाई सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । जगदम्बा योगदान अन्र्तगत रहेर हालै मात्र जगदम्बा सिमेन्टले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासंग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको छ ।

यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्रवृद्धि अन्तर्गत १०० जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको थियो ।

जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका प्रमुख फाइन्यान्स तथा पर्चेज अफिसर सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरेका थिए भने कम्पनीका वरिष्ठ व्राण्ड प्रवन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरे ।

जगदम्बा सिमेन्ट नेपालको सर्वाधिक रुचाइएको व्राण्ड हो । यो कंम्पनीले नेपालमा पि.एस.सि, पि.पि.सि र ओ.पि.सि सिमेन्टहरु उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ । जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्वारा प्रशंसा पत्रबाट २०१४, २०१५, २०१९ मा गुणस्तरका लागि सम्मानित उद्योग पनि हो ।

आफूलाई सिमेन्टको बिक्री वितरणमा मात्र सिमित नराखी जगदम्बा सिमेन्टले विभिन्न उपभोक्ता मुखी सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ । जगदम्बा सचेतना अभियान, जगदम्बा विशेष, जगदम्बा जागरण, जगदम्बा आरोहण आदि ।