३ कार्तिक २०८३, मंगलबार

‘आदिपुरुष’का कारण तनावमा सैफ अलि खान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । ‘रामायण’मा आधारित रहेर निर्माण भएको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निभाएका अभिनेता सैफ अली खान कानूनी लफडामा परेका छन् । फिल्मको विषयलाई लिएर दिएको अन्तर्वार्ताका कारण उनी समस्यामा परेका हुन् । सैफले रावणले सीताको हरण गरेको विषय जायज बताएका छन् ।

सैफबिरुद्ध अहिले दिल्लीमा मुद्धा दर्ता भएको छ । उनीविरुद्ध विश्व हिन्दू महासंघ दिल्ली प्रदेश अध्यक्ष राजेश तोमरले मुद्धा दर्ता गराएका हुन् । उनले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘सैफले जानीबुझी टिप्पणी गरेका हुन् । यसले करोडौ हिन्दूको भावनामा ठेस पुगेको छ । यो बयानका कारण समाजमा शान्ति भङ्ग हुनसक्छ ।’

सैफले भनेका थिए ‘लंकेशको भूमिका नराम्रो छैन । त्यो मनोरन्जनात्मक र मानवीय देखाइएको छ ।’ ‘यसमा देखाइने छ सीताका अपहरण र रामसँगको युद्ध जायज थियो किनभने लक्ष्मणले रावणको बहिनी सुवर्णखाको नाक काटेका थिए’ सैफले इन्टरभ्युमा भनेका छन् ।

आफ्नो बयानलाई लिएर विवाद बढ्ने देखेर सैफले एक स्टेटमेन्ट जारी गर्दै माफी समेत मागेका छन् । ‘मलाई खबर मिलेको छ । अन्तर्वार्तामा मैले दिएको बयानका कारण मानिहरुको भावनामा ठेस पुगेको छ । मेरो यो उदेश्य कहिलै थिएन’, स्टेटमेन्ट उनले भनेका छन्, ‘म सबैसँग इमान्दारीसँग माफी माग्दछु । मैले दिएको बयानलाई फिर्ता लिन्छु । मेरो लागि भगवान राम जहिले पनि धार्मिकता र वीरताको प्रतिक रहेका छन् ।’ एजेन्सी