शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

नेपाली बजारमा सुनको भाउ घट्यो

दैनिक नेपाल २०७७ मंसिर २५ गते १३:०९

काठमाडौं, २५ मंसिर । सुनको भाउ नेपाली बजारमा बिहीबार घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ९ सय रुपियाँले घटेको छ ।

बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बिहीबार भने ९२ हजार ५ सय रुपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय ५० रुपियाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपियाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २ सय १५ रुपियाँ कायम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय रुपियाँमा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित