शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा वुकिङ्ग खुल्ला

दैनिक नेपाल २०७७ मंसिर २४ गते २१:२७

काठमाडौँ, २४ मंसिर । जी.ओ. अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ ।

सन् २०१३ माविक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणीमा नै खेल परिवर्तकको रुपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथआफ्नो श्रेणी/सेगमेन्ट नै पुन: परिभाषित गर्दै आएको छ ।

फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ ।

सन् २०२१ संस्करण ईकोस्पोर्ट Bharat stage VI (BS-VI) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ ।

यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमाफोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लि. टाइ भिसीटी पेट्रोल ईन्जिन समावेश छ ।

जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोम्याटिक ट्रान्समिसनमा उपलब्ध छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लि. टीडीसीआई डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ ।

यस ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै यो सन प्रुफ जडित भेरियन्टमा पनिउपलब्ध छ ।

२०२१ ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेक पल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । जस्तै:,

– चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ ।

– यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथाकनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त सिंक ३ सिस्टम, एप्पल कारप्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप–इनलाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।

– ९ ईन्च टचस्क्रीन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ ।

– सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतम प्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट÷स्टप, डि.आर.एल रेन सेन्सिङ्ग वाइपर आदि,पाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित