शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

दराज १२.१२ मा विशेष छुटका साथ नयाँ समसुङ्ग एस २०एफई जित्ने मौका

दैनिक नेपाल २०७७ मंसिर २४ गते २१:०९

काठमाडौँ, २४ मंसिर । यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ ।

उक्त अभियान २७ मंसिर मध्यरात देखि ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छुटका साथ भाउचरहरू, र बैंक कार्ड मार्फत थप छुटको लाभ उठाउन सक्नेछन् ।

यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम रु १२१२) सम्मको छुट पाउन सक्नेछन् ।

यस बाहेक, उपभोक्ताहरुले “मेगा गिभ अवे” को रूपमा ६९ हजार ९ सय ९९ रुपैयाँको नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन् ।

सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र रु १ मा जित्न सक्नेछन् ।

त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोलाजीप्ले दराजमार्फत लन्च गर्दै छ । उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छूट्का साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन् ।

१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिँदै उत्तम मूल्यमा उपलब्ध गराउँदैछ । ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन् ।

यससँग, दराजले स्थानीय सानो र मध्यम आकार का उद्यम(एसएमई) हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गर्दछ ।

अभियानका लागि उत्साहित, दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले भने, “दराज ११.११ दराज को लागि मात्र नभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय विक्रेताहरुको लागि एकदमै सफल अभियान रहेको थियो । यस प्रकारको सेल अभियानहरूले स्थानीय विक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्दछ र ग्राहकहरूलाई पनि सुरक्षित र उत्तम शपिंग अनुभव प्रदान गर्दछ । यति भन्दै हामी १२.१२ को साथ २०२० लाई सकारात्मक ढंगले टुंग्याउने आशा गर्दछौँ ।”

कोभिड महामारीलाई ध्यानमा राख्दै कम्पनीले ग्राहक र स्टाफको सुरक्षा सुनिश्चित गर्नका लागि उत्तम स्वच्छता अभ्यासहरूको पनि निरन्तर अनुसरण गरिरहेको छ ।

दराजले आफ्ना ग्राहकहरूलाई उत्तम शपिंग अनुभव सुनिश्चित गर्न कुनै पनि सामान खरीद गर्नु अघि जहिले पनि विक्रेताको रेटिंग्स र उत्पादन सम्बन्धित ग्राहक समीक्षाहरु हेर्न प्रोत्साहित गर्दछ । यस बाहेक ग्राहकहरूले दराज सहायता केन्द्र (हेल्प सेन्टर) मार्फत ग्राहक सेवासँग आफुलाई चाहिएको सबै जानकारी प्राप्त गर्न सक्दछन।

१२.१२ बारेमा थप जानकारीको लागि यस लिंकमा जानुहोसः https://click.daraz.com.np/e/_eBUh9
साथै दराजमा विक्रेता बन्न चाहनुहुन्छ भने उक्त लिंकमा जानुहोलाः https://bit.ly/sellondarazPR0912

 

 

प्रतिक्रिया
सम्बन्धित