शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

कतार एयरवेजले आगामी १५ मार्चदेखि सियाटलसम्मको उडान सुरु गर्ने

दैनिक नेपाल २०७७ मंसिर २४ गते १७:०४

दोहा, कतार, २४ मंसिर । कतार एयरवेजले १५ मार्च २०२१ देखि सियाटलका लागि चार साप्ताहिक उडानहरू सुरू गर्ने घोषणा गरेको छ, जुन महामारीको थालनीदेखि कतारको राष्ट्रिय वाहकले सुरू गरेको सातौं नयाँ गन्तव्य हो ।

एयरलाइन्सले विश्वभरको उडानहरू पुनः स्थापना गरी नयाँ गन्तव्यहरू थप्दै र रणनीतिक साझेदारी विस्तार गर्दै आफ्नो नेटवर्कलाई सुदृढ पार्ने कार्यका बीच दिएको यो जानकारी हो ।

उक्त सियाटल सेवा कतार एयरवेजको विश्वप्रसिद्ध क्सुइट बिजनेस क्लासका ३६ सिट तथा इकनमी क्लासका २४७ सिट युक्त अत्याधुनिक एयरबस ए ३५०-९०० द्वारा द्वारा संचालित हुनेछ ।

साथै, कतार राज्यको राष्ट्रिय बाहकले अलास्का एयरलाइन्स्सँग फ्रिक्वेन्ट फ्लायरको साझेदारी गरेको छ । १५ डिसेम्बर २०२० बाट कतार एयरवेज प्रिभिलेज क्लब तथा अलास्का माइलेज प्लानका सदस्यहरुले फ्रिक्वेन्ट फ्लायर माइल्स प्राप्त गर्न सक्नेछन् र ३१ मार्च २०२१ बाट सदस्यहरुले संकलित फ्रिक्वेन्ट फ्लायर माइल्स दुवै कम्पनीको नेट्वर्कमा उपयोग गर्न सक्नेछन् ।

साथै, दुवै एयरलाइन्सले संयुक्त राज्य अमेरिकाको वाहकको साथ ३१ मार्च २०२१ मा वान वल्र्डमा सामेल हुन कोडशेयर सम्झौता र वाणिज्यिक सहकार्य विकासमा पनि काम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित