शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

सुनको मूल्य घट्यो, कति छ तोलाको ?

दैनिक नेपाल २०७७ मंसिर २४ गते ११:३३


काठमाडौँ, २४ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा उतावचढाव भइरहेको छ ।

हिजो बढेको सुनचाँदीको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले वुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित