३० आश्विन २०८३, शुक्रबार

परिवर्तनका संवाहक- २०२० को घोषणा, को-को चुनिए ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिंगटन डिसी । समाजमा योगदान पुर्याएका या नेपालीत्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरूलाई सन् २०२० को ‘परिवर्तनका संवाहक’ (ChangeMakers) चुनिएको छ ।

यो वर्षको लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये व्यक्तित्वहरू ६८ जना रहेकाछन् भने तीमध्ये अमेरिकि १६ जना, महिलाहरू १५ जना, पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना, नेपाली नागरिक १४ जना र मरणोपरान्त ४ जना छन् ।

नेपाली अमेरिकी संघसंस्थाहरू १२ वटा र अमुक पौरखी पात्रहरु ५ समूहलाई पनि परिवर्तनका संवाहक सूचमा समेटिएकोछ ।

अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका कर्मवीर नेपालीहरू र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकि नागरिक र संस्थाहरूलाई पनि ‘परिवर्तनका संवाहक’बाट सम्मान गरिएको छ । नेपालीजम डटकम पहिलो वर्ष पूरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक-२०२०’ घोषणा गरिएको हो ।

‘परिवर्तनका संवाहक-२०२०’ सूचीमा पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, सिएनएन हिरो २०१५ म्यागी डोयन, अमेरिकी प्रोफेसर टेड रिकार्डी (मरणोपरान्त), सिएनएन पूर्व समाचार वाचिका किरण क्षेत्री, डा. आन्ना स्टिर, जर्सी सिटी मेयर स्टेभन फुलप, अवैतनिक महावाणिज्यदूत मार्भिन ब्रस्टिन, अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, संरासं महिला आयोग उपाध्यक्ष वन्दना राणा, वरिष्ठ संगीतकार किशोर गुरूंग, पूर्व संरासं सहायक महासचिव कुलचन्द्र गौतम, संरासंका लागि नेपाली स्थाई प्रतिनिधि अमृतबहादुर राई, सामाजिक अभियन्ताहरू डा. महावीर पुन मगर र डा. विष्णुमाया परियार रहेकाछन् ।

परिवर्तनका संवाहक सूचीमा म्यारिल्याण्ड राज्य सभासद ह्यारी भण्डारी, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, पत्रकार रवि लामिछाने, डा. पुकार मल्ल, बनस्पतिविद डा. उत्तमबाबु श्रेष्ठ, अर्थविद डा. विष्णु पौडेल (मरणोपरान्त), अमेरिकी आईडल उपबिजेता आर्थर गन, ईण्डियन हेड सहरका उपमेयर किरण सिटौला, मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, अनेसास संस्थापक अध्यक्ष हेमनाथ सुवेदी, हर्नडन सहरका काउन्सिल सदस्य प्रदीप ढकाल र डा. अम्बिका अधिकारी छन् ।

परिवर्तनका संवाहक सूचीमा समेटिका अन्य व्यक्तित्वहरूमा ग्रामी अवार्ड मनोनित बाँसुरीवादक मानोस सिं, कुर्टिस वाटर्स, सामाजिक अभियन्ता होमराज आचार्य, अवैतनिक महावाणिज्यदूत रिषी ढकाल, डा. प्रह्लाद पन्त, जोली अमात्य, फेसन डिजाईनर प्रबल गुरूंग, उमा कार्की थापा, डा. सुकदेव शाह (मरणोपरान्त), समाजसेवी लिला राई, एनआरएन आईसिसी उपाध्यक्ष सोनाम लामा र उर्गेन शेर्पा आदि रहेकाछन् ।