शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

सानिमा बैंकले गऱ्यो औषधी उपचार बीमा भुक्तानी

दैनिक नेपाल २०७७ मंसिर २३ गते १६:५९

काठमाडौँ, २३ मंसिर । सानिमा बैंकले आफ्ना बचत कर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजनाअन्तर्गत बैंकका बचत कर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दावी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौँ निवासी यादव श्रेष्ठले रु. ४७ हजार २ सय ३० रुपैयाँको औषधी उपचार बीमा भुक्तानी पाएका छन् ।

सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरे ।

दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजार रुपैयाँको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, ५ हजार रुपैयाँ सम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित ५० हजार रुपैयाँ सम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाख रुपैयाँको दुर्घटना बीमा र रु. ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो ।

सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित