३ कार्तिक २०८३, मंगलबार

गरे रमेश प्रसाईले विवाह

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ मंसिर । कार्यक्रम प्रस्तोता तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् ।

३ वर्षदेखि कालीकोटकी नन्दा सिंहसँगको प्रेममा रहेका रमेशले आज लगनगाँठो कसेका हुन् ।

धरान नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको पार्टी प्यालेसमा उनको विवाहको समारोह आयोजना गरिएको थियो ।

विवाहमा दुवै तर्फका आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । उनीहरु विवाहमा निकै खुशी देखिएका छन् ।

राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेशले गाएको ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल छ । साथै उनी लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौँमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।