७ कार्तिक २०८३, शनिबार

माछापुच्छ्रे बैंकको ‘कोर्पोरेटपे’ प्रणाली सुरु, अब अनलाइनबाटै कारोबार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “ कोर्पोरेट पे” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरुले (विभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एपमार्फत बैंकमा नगई जहाँ कहीँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल( आईपीएसमा रियल–टाइम वानन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।

साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा “कोर्पोरेटपे” दुवै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुँदा माछापुच्छ्रे बैंकको डिजिटल माध्यममार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहनेछन् ।

माछापुच्छ्रे बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ र यस कोर्पोरेटपे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।

यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले विश्वास लिएको छ ।