बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विश्व कीर्तिमानी गीतकार डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक

दैनिक नेपाल २०७७ मंसिर २० गते २१:५३

काठमाडौँ, २० मंसिर । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक भएको छ ।

उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा समावेश भएको गीत ‘रचे इतिहास‘’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।

हुलाक टिकटमा समावेश गरिएको विशिस्ट व्यक्तिहरूको नाम राखी बनाइएको यो गीतले केही समय अघि बिश्व रकर्ड राख्न सफल भएको थियो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उनका ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठक माझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित