बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

शुक्रबार पनि बढ्यो सुनको मूल्य

दैनिक नेपाल २०७७ मंसिर १९ गते ११:४९

काठमाडौँ, १९ मंसिर । नेपालमा शुक्रबार पनि सुनको मूल्य बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो भने बिहीबार बढेर तोलामा ९२ हजार ९०० रुपैयाँ पुगेको छ ।

यसअघि बिहीबार अघिल्लो दिनको भन्दा तोलामा १६०० रुपैयाँले बढेको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलामा ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको पनि मूल्यमा वृद्धि भएको छ । बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित