शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

जैकलिनको नाम सलमान खानसँग जोडियो

दैनिक नेपाल २०७७ मंसिर १९ गते ७:५४

मुम्बई । बलिउड नायिका जैकलिन फर्नाडिजको नाम सलमान खानसँग जोडिएको छ । नायक सलमानसँग फिल्म किकमा काम गरेपछि जैनलिन चर्चामा आएकी हुन् ।

करिब आठ महिना बन्द भएर भारतका विभिन्न सहरमा फिल्म हल बिस्तारै सञ्चालनमा आउन थालेका छन् । योसँगै बलिउडका केही फिल्मको छायांकन पनि सुरु हुन थलेको छ । जैकिलनले यसलाई सुखद खबर भनेकी छिन् ।

बलिउड अभिनेता अभिनेत्रीहरूले अहिलेको अबस्थामा फिल्ममा काम गरेबापत पारिश्रमिक नबढाउने घोषणा गरेका छन् ।

जैकलिनले पनि अहिलेको अवस्थामा फिल्ममा पारिश्रमिक नबढाउने घोषणा गरेकी छन् । यो अबस्थामा सिनेमा हल सञ्चालनका लागि राम्रा फिल्महरू आबस्यक भएकाले निर्माताहरूलाई र सिनेमा उद्योगलाई जोगाउन पनि पारिश्रमिकमा सम्झौता गर्नु उनले बताएकी छिन ।

सलमान खानसँग नयाँ फिल्ममा आबद्ध भएकी यी अभिनेत्रीलाई अहिले थुप्रै फिल्ममा प्रस्ताव आएको छ । उनले राम्रो फिल्म मात्र छानेर खेल्ने बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित