शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

दैनिक नेपाल २०७७ मंसिर १८ गते ९:२३

काठमाडौं, १८ मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्न शुरु गरेको छ ।

वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार कम्पनीले बुधबारदेखि साधारण शेयर बिक्री गरेको हो ।

कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्न थालेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आउँदो पुस १ गतेसम्म र ढिलोमा आउँदो पुस १६ गतेसम्म हुनेछ । कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर १०० रुपैयाँका दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ ।

कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले १८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित