मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

उदितनारायणका छोरा आदित्यको श्वेतासँग विवाह

दैनिक नेपाल २०७७ मंसिर १७ गते ९:१६

मुम्बई । गायक तथा प्रस्तोता आदित्य नारायण झाले मंगलबार आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् ।

दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरूले भारतको मुम्बई जुहूस्थित इस्कन मंदिरमा बिहे गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

आदित्यका बुबा उदित नारायण झाले कोरोना फैलिने जोखिमका कारण मंगलबार भएको वैवाहिक कार्यक्रममा करिब ५० जना उपस्थित भएको बताएका छन् ।

आदित्य चर्चित गायक उदित नारायण र गायिका दीपाका छोरा हुन् । बिहेमा बेहुलाका बुबा र आमा दुबैले दिल खोलेर नाचेका तस्बिर र भिडियोहरू भारतीय मिडियामा सार्वजनिक भएका छन् ।

बुधबार मुम्बईको फाइभ स्टार होटलमा रिसेप्सन हुनेछ । रिसेप्सनमा बलिउडका ठूला गायक गायिका र कलाकारहरूको जमघट हुने उदितले बताएका छन् ।

आदित्यको रिसेप्सनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अभिताम बच्चनसम्मलाई निम्तो दिइएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित