बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘पप्पी’ हो कि आइसक्रिम ?

दैनिक नेपाल २०७७ मंसिर १६ गते २२:५४

काठमाडौं । झट्ट हेर्दा ठ्याक्कै कुकुरको बच्चा ‘पप्पी’जस्तै देखिएको छ ।

तर, तस्वीरमा देखिएको यो वस्तु कुकुरको छाउरा नभएर हामीले खुब मीठो मानेर खाने गरेको ‘केक’ हो । जसलाई हामी मानिसको जन्मदिनमा अधिक प्रयोग गर्ने गर्दछौं ।

खासगरी ताइवानको काओसिउंगस्थित जेसीको आर्ट किचनमा उपलब्ध यस्ता अनौठा आकार र डिजाइनका आइसक्रिम अहिले निकै चर्चित र भाइरल पनि बनिरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले सामाजिक सन्जालमा यस्तो आइसक्रिमको तस्वीर सार्वजनिक भएसँगै यसको चर्चा र माग पनि बढेको छ । यस्तो अनौठो खालको आइसक्रिम खाने उपभोक्ताको संख्या पनि अहिले बढेको छ ।

यस्तो आइसक्रिमको मूल्य प्रतिगोटा ४०० देखि ७०० रुपैयाँसम्म पर्ने बताइएको छ । यो विशेष प्रकारको आइसक्रिम ३ वटा फरक स्वादमा पाइन्छ । यसमा मिल्क टी, पिनट तथा चकलेट फ्लेवर रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित