२८ आश्विन २०८३, बुधबार

ब्रिटेनमा युवतीको योनीमा झिल्ली राख्ने व्यवस्था

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद कुमारीत्व परीक्षण सेवा उपलब्ध गराइने बीबीसी न्यूजबीट तथा १०० विमिनले पत्ता लगाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ तथा संयुक्त राष्ट्रसङ्घले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लङ्घन भन्दै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

आलोचकहरूले यस्ता परीक्षण अवैज्ञानिक भएको र यसबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बताएका छन्। उनीहरूका अनुसार यो परीक्षण शोषणको हतियार समेत बन्न सक्छ।

यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेरिन्छ।

बीबीसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले कुमारीत्व मर्मत गर्ने विज्ञापन समेत गरेका छन्। तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता सेवा उपलब्ध हुने बताए।

गत वर्ष अमेरिकी र्‍याप गायक टीआईले आफ्नी छोरीलाई हरेक वर्ष कुमारी भएनभएको परीक्षण गराउने गरेको बताएपछि तीव्र आक्रोश उत्पन्न भएको थियो ।

बीबीसीले २१ वटा क्लिनिकहरूको पहिचान गरेर १६ वटासँग सम्पर्क गरेको थियो। तीमध्ये सात वटाले उनीहरूले कुमारीत्व परीक्षण गर्ने गरेको पुष्टि गरे भने कैयन् अरूले प्रस्ट कुरा गरेनन्।

सबैले झिल्ली मर्मत गर्न शल्यक्रिया गर्ने बताए। जसको शुल्क १,५०० देखि ३,००० पाउण्डसम्म पर्ने बताइयो।

राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस इङ्ग्ल्याण्डको आँकडाअनुसार गत पाँच वर्षमा झ्लिी मर्मत गर्ने त्यस्ता ६९ शल्यक्रिया भएका छन्।

बाध्यतापूर्वक गरिने विवाहका पीडितहरूको सहयोगमा संलग्न परोपकारी संस्था कर्मा निर्भानाले सहयोग गरेको एकजना महिलाको कहानी न्यूजबीटले सुनेको छ।

‘मागी विवाह गर्न चाहने मेरा आमाबुवासँग मेरो निकै भावनात्मक शोषणपूर्ण सम्बन्ध थियो’, उनले भनिन् । बीबीसी