मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बलिउडमा अहिलेसम्मकै महँगो फिल्म ‘ब्रह्मास्त्र’

दैनिक नेपाल २०७७ मंसिर १५ गते ८:१८

मुम्बई । बलिउड निर्देशक आयान मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ करिब पाँच सय करोड रुपियाँ लगानीमा निर्माण भएको खुलेको छ ।

ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ । स्टार एन्ड डिज्नी इन्डियाका अध्यक्ष उदय शंकरले हिन्दुस्तान टाइम्स लिडरसिप समिट २०२० मा यसबारे जानकारी दिएका हुन् ।

निर्माता करण जोहर रहेको ब्रह्मास्त्र ट्रिलोजी फिल्म हो । यसमा अमिताभ बच्चन, रणवीर कपुर र आलिया भट्टको मुख्य अभिनय छ । फिल्ममा नागर्जुन अखिनेनी, डिम्पल कपाडिया र मोनी रोय पनि देखिनेछन् ।

सन् २०१८ जनवरीदेखि छायांकन सुरू भएको यो फिल्म गत वर्ष अगस्टमै सार्वजनिक हुने भनिएको थियो । यो मिति सरेरपछि डिसेम्बरमा सार्वजनिक हुने भनिएको थियो । त्यो बेला पनि फिल्म रिलिज हुन सकेन ।

पछि ब्रह्मास्त्र सन् २०२० मध्यतिर सार्वजनिक हुने भनिएको थियो । कोरोनाका कारण त्यो पनि सम्भव नभएपछि अन्ततः फिल्म २०२०, डिसेम्बरमा सार्वजनिक हुने भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित