बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

यो साता ६ जना कोरोना संक्रमित नेपालीको विदेशमा मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १४ गते १४:५३

काठमाडौं, १४ मंसिर । कोभिड–१९ का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ वटा मुलुकमा रहेका नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र यूकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, यूके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७२३ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४५४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित