मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

‘मिश्री खानेलाई’मा खेम–शान्तिश्रीको स्वर, युट्युबमा उकालो चढ्न थाल्यो

दैनिक नेपाल २०७७ मंसिर १४ गते ९:४५

काठमाडौं । प्रल्हाद सुवेदीको शब्द रहेको ‘मिश्री खानेलाई…’ बोलको गीत रिलिज भएको छ ।

‘मिश्री खानेलाई…’मा शान्तिश्री परियार र खेम सेञ्चुरीको स्वर रहेको छ । गीतमा प्रसाद लामिछानेको संगीत रहेको छ ।

रचनाकार सुवेदीले लोक लयमा आधारित वियोगान्त प्रेम गीत रहेको बताए । ‘प्रेममा आधारित वियोगान्त गीत हो । लोक लयमा आधारित छ’, सुवेदीले भने, ‘मैले धेरै सिर्जनाहरू गरेको छु । तीमध्यो ‘मिश्री खानेलाई’ बोलको गीत अति उत्कृष्ट लागेको छ ।’

गीत संगीतमा राम्रो काम गर्नेलाई सबै कुराले राम्रो हुने उनको भनाइ छ । ‘काम राम्रो गर्नुपर्छ’, गीतकार सुवेदीले भने, ‘ढिलोचाँढो त्यसको फल पाइन्छ ।’

कृष्ण केसीको एरेञ्ज रहेको गीतको म्युजिक भिडियोको निर्देशन कुमार केसीले गरेका छन् ।

म्युजिक भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । अधिनायकमान शेरचनले भिडियोको सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित