शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अमेरिकामा एनआरएन नर्थ क्यारोलाइनाद्वारा रक्तदान

दैनिक नेपाल २०७७ मंसिर १४ गते ९:२८

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको नर्थ क्यारोलाइना च्याप्टरले रक्तदान कार्यक्रम गरेको छ ।

कोरोना महामारीका बेला उपचारमा रगत अभाव नहोस् भनेर नर्थ क्यारोलाइना च्याप्टरले शनिबार नोभेम्बर २८ का दिन रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा उल्लेख्य रुपमा नेपालीहरूको उपस्थिति रहेको थियो ।

एनआरएन अमेरिकाका उपाध्यक्ष बुद्धि सुवेदीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदीले जानकारी दिएका छन् । सुवेदी आफैले पनि रक्तदान गरेका थिए ।

एनआरएन अमेरिकाका उपाध्यक्ष सुवेदीले रक्तदान कार्यक्रम आफैमा पून्यको कार्य भएको भन्दै कोरोना महामारीका बेला उपचारमा बिरामीलाई सहयोग हुने बताए । उनले भने, ‘रक्तदान भनेको जीवन दान हो । बिरामीलाई रगत अभाव नहोस् भनेर एनआरएन अमेरिकाले पून्यको काम गरेको छ । सबै साथीहरूलाई धन्यावाद ।’

महामारीका बेला रगतको अभाव नहोस् भनेर नर्थ क्यारोलाइना च्याप्टरले आयोजना गरेको रक्तदानले धेरैको जीवन बच्ने प्रमुख अतिथि सुवेदीले बताएका छन् ।

एनआरएन अमेरिकाले नेपाली अमेरिकी समाजलाई दुःख, सुःखमा साथ र सहयोग गर्दै आएको बताएका उपाध्यक्ष सुवेदीले एनआरएन अमेरिकाको सदस्य लिन हुन् सबै नेपाली समुदायलाई आग्रह गरेका छन् ।

च्याप्टरका अध्यक्ष कुलानन्द शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदी, जनसम्पर्क समिति नर्थ क्यारोलाईनाका सभापति चिरिञ्जीवी भट्टराई, एनआरएन अमेरिकाका सल्लाहकार गोविन्द सुवेदी, राधा पौडेल, हरिहर भट्टराई, एनआरएनएका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, न्युर्योक च्याप्टरका सभापति रामहरि अधिकारी, एनआरएन च्याप्टरका पूर्व सभापति भानु आचार्य, वीपी पोखरेल, एनसिएनसीका सभापति रविन कार्की, जनसम्पर्क समिति अमेरिकाका नेता विनोद भट्ट लगायत ९० जनाको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित