शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बुलेट क्लासिक सिंगलको मूल्य कति ? दुई नयाँ कलरमा बुकिङ शुरु

दैनिक नेपाल २०७७ मंसिर १४ गते ८:४३

काठमाडौं, १४ मंसिर । रोयल इन्फिल्ड ब्रान्डले आफ्नो सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५० सीसीको सिंगल भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरू एयरबोर्न ब्लु र स्टोम्रिडर साण्ड सर्वजनिक गरेको छ ।

रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागि डबल च्यालन एबीएस पनि रखिएको छ ।

सुरुवाती दिनहरूदेखिनै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्रान्डका मोटरसाईकलहरूले आफ्नो गौरबमय इतिहास लाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनि यस मोटरसाईकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको छ ।

नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रालीले आफ्नो १९ वटै शाखा तथा डिलरहरूमा बिक्री प्रवर्द्घन शुरु गर्ने भएको छ ।

बीएस आईभी संस्करण अन्तर्गत रेट्रो लूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागि डबल च्यानल एबीएस पनि राखिएको छ । यसको मूल्य रु ५,९९,९९९ मात्र राखिएको कम्पनीले जनाएको छ ।

यो मोटरसाइकल दुई नयाँ आकर्षक रङ्गहरूमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित