शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

“जागौँ नेपाल राष्ट्रिय अभियान” युरोप संयोजकमा भट्टराई

दैनिक नेपाल २०७७ मंसिर १३ गते १९:१६

काठमाडौँ, १३ मंसिर । “जागौँ नेपाल राष्ट्रिय अभियान” युरोप संयोजकमा शक्ति भट्टराई चयन भएका छन् ।

अभियानको उपसंयोजक सरिता मल्ल ठकुरी, साईपरस, सचिबमा सुनिल खतिवडा, जर्मन, चयन गरेको हो ।

अभियानको प्रबास समिति अन्लाईन बैठक मार्फत युरोप स्तरीय समिति बनाउने उदेश्यका साथ नयाँ समितिलाई जिम्मेवारी दिएको प्रवास समितिका संयोजक सन्तोष तिमिल्सिनाले बताएका छन् ।

विश्वका विभिन्न मुलकमा कार्यरत नेपालीहरुसँग हातेमालो गर्दै लैङगिक हिंसा, भ्रष्टाचार आदि विकृतिहरुको बिरुद्धमा संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत खबरदारी गर्दै सभ्य र भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्न यो समिति गठन गरिएको हो ।

विश्वका ३० देशमा कार्यरत नेपालीहरु अभियानको सञ्जालमा आबद्ध भएको बताइएको छ ।

युरोप संयोजक भट्टराई पोखरा छोरेपाटन घर भहि लामो समय पत्रकारीता, सामाजिक सेवामा सकृय रहेको, बिगत दश बर्षदेखि अमेरिका बस्दै आउनुभएको हाल ब्यबसाय संचालन गर्ने उदेश्यले पोर्चुगलमा छन् ।

प्रतिक्रिया
सम्बन्धित