९ कार्तिक २०८३, सोमबार

२ लाख ११ हजार बढीले जिते कोरोना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । नेपालमा गत २४ घण्टामा थप ५ सय १५ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ सय १५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । योसहित निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

शनिबार थप १ हजार ३ सय ८० जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ४ सय ५४ जना पुगेको छ ।