९ कार्तिक २०८३, सोमबार

रोल्पामा दुई पुरुष मृत अवस्थामा फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १३ मंसिर । रोल्पामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शनिबार २ जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

४ सय मिटरको फरकमा भेटिएका ति शवको पहिचान नखुलेका प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार माछा मार्न खोलामा गएका उनीहरुको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।