शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव

दैनिक नेपाल २०७७ मंसिर १३ गते १६:०१

 

काठमाडौँ, १३ मंसिर । भविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले दिएको छ ।

सामुदायिक र निजी बालविकास केन्द्रबीच पूर्वाधार, वातावरण र सिकाइका दृष्टिमा विभेद् देखिएकाले सामुदायिक बाल विकास केन्द्रमा स्थानीय तहले लगानी बढाउनुपर्ने पनि अध्ययनले सुझाव दिएको छ ।

सार्थक शिक्षा संस्थाले ललितपुर महानगरपालिकाभित्रका चार वर्ष उमेर समूहका ‘बालबालिकाको विकास सहीरुपमा भएको छ ?’ भन्ने विषयमा गरेको अध्ययनले विकास र सिकाइका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार गरेको मापनको सही पालना नभएको र स्थानीय तहले पर्याप्त लगानी तथा अनुगमन नगरेको देखाएको हो ।

सो संस्थाका अध्यक्ष डा मिनाक्षी दाहालले बालबालिकालाई सर्वाङ्गीण विकास र प्राथमिक शिक्षाको तयारी गरी भविष्यका लागि अशल जनशक्ति उत्पादन गर्न बाल विकास कार्यक्रममा लगानी बढाउनुपर्ने बताइन् ।

अध्ययनले सामुदायिक (सरकारी) स्तरका प्रारम्भिक बाल विकासमा बालबालिकाको समग्र विकास ५० प्रतिशत मात्रै पाइएको र गरिब एवं विपन्न समुदायका अभिभावकका बालबालिकासँग बाल विकास कार्यक्रम पुग्न नसकेको देखाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित