३ कार्तिक २०८३, मंगलबार

दीपिकाको शुभकामनाले बलिउडमा हँगामा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायक कार्तिक आर्यनले जन्मदिन मनाएका छन् ।

कार्तिकको जन्मदिनमा अभिनेत्री दीपिका पादुकोणले उनलाई दिएको शुभकामना सन्देश अहिले चर्चामा छ । कार्तिक ३० वर्षमा प्रवेश गरेका छन् । टाइम्स अफ इन्डियाअनुसार जन्मदिनको शुभकामनासहित दीपिकाले कार्तिकसँग काम गर्ने चाहना व्यक्त गरेकी छन् ।

इन्स्टाग्राम स्टोरीमा कार्तिकको फोटो राख्दै दीपिकाले भनेकी छन्, ‘ह्याप्पी बर्थडे। यही वर्ष हामीसँगै रमाइलो फिल्म खेल्न पाऔं ।’ दीपिकाको यो स्टोरीलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै कार्तिकले पनि प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्’, तपाईं मिति तयमात्र गर्नुस् । रमाइलो फिल्म म ल्याउँदैछु ।’

उनले यसअघि पनि कार्तिकले दीपिकासँगको सहकार्यमा फिल्म गर्ने इच्छा व्यक्त गरेका थिए । दीपिकासँग खिचेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै क्याप्सनमा लेखेका थिए’, कोही निर्देशकमा दम छ त ?’

कार्तिकले सन् २०११ मा लव रञ्जनद्वारा निर्देशित फिल्म ‘प्यारका पञ्चानामा’ मा अभिनयसँगै बलिउड प्रवेश गरेका हुन् । यो फिल्मपछि उनले आधा दर्जन बढी अरु फिल्म खेलेका छन् । जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘धमाका’बारे पनि बताए । फिल्मलाई राम माध्भानी निर्देशन गर्दैछन् ।

कार्तिकलाई अनिस बेच्मीको ‘भुलभुलैया–२’ र कोलिन दी सुन्हाको ‘दोस्ताना–२’ मा पनि देख्न सकिन्छ । यी दुवै फिल्मको पोस्ट–प्रोडक्सनको काम भइरहेको छ । दीपिका भने यही डिसम्बरमा आउने कवीर खानको फिल्म ‘८३’ मा पति रणवीर सिंहसँगै देखिनेछिन् ।