शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाली उडानलाई प्रतिबन्ध लगाउनु कुनै औचित्य छैन: मन्त्री भट्टराई

दैनिक नेपाल २०७७ मंसिर १२ गते १९:१२

काठमाडौँ, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको हवाई उडानलाई संसारको कुनैपनि आकाशमा प्रतिबन्ध लगाउने औचित्य नभएको बताएका छन् ।

नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो दावी गरेका हुन् ।

उनले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताए । यद्यपि युरोपियन आकाशमा नेपाली उडान प्रतिबन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उनले जनाए ।

त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।

उक्त विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधिसभामा समेत टेबुल हुने चरणमा रहेको बताए ।

अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनरसंरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनैपनि प्रतिवन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने बताए ।

कोरोनाको व्यापक संक्रमणको अवस्थामा पनि एक दिन पनि एयरपोर्ट बन्द नभएको बताए ।

त्यस्तै, उनले नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणिय भएको पनि दावी गरे ।

प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्टअनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित