शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

यस्तो थियो साराको रोचक घटना

दैनिक नेपाल २०७७ मंसिर १२ गते ७:४३

मुम्बई । बलिउड सानैदेखि बलिउड अभिनेत्री सारा अली खानको रूचि कलातिर बढी रहेको छ । सारा बेलाबेलामा पुराना तस्वीरहरू सामाजिक संजालमार्फत पोष्ट पनि गर्छिन् ।

साराले हालै एक अन्तर्वार्तामा आफ्नो बाल्यकालमा भएको रोचक घटना सुनाएकी छिन् । उनी बाल्यवस्थामा सारा नाच्न खुबै मन पराउँथिन् ।

यही क्रममा एकपटक परिवारसँग बिदा मनाउन विदेश गएकी थिइन् । बुवा सैफ अली खान, आमा अमृता सिंह र भाइ इब्राहिम अली खान पनि साथै थिए । घुम्ने क्रममा एकदिन सारा र इब्राहिमलाई बाहिरै छाडेर सैफ र अमृता सामान किन्न पसल छिरेका थिए ।

‘उहाँहरू पसल छिर्नु भएपछि म र भाइ हाम्रो सहयोगीसँग बाहिर थियौं । हामी तीन जना बाहिर कुरिरहेका थियौं’, उनले भनेकी छिन्, ‘म यसै त्यहीँ नाच्न थालेँ ।’

साराले भनेकी छिन्, ‘म नाच्न थालेपछि त्यहाँ बाटोमा हिँड्ने मान्छेहरू रोकिएर मेरो नाच हेर्न थाले । अनि पछि पैसा दिए ।’ ‘मलाई थाहा थियो उनीहरूले मलाई भिकारी सोचेर पैसा दिएका हुन्’, साराले भनेकी छिन्, ‘पैसा पाइयो भन्दै म चाहिँ अझ बढी रमाउँदै नाच्न थालेकी थिएँ ।’ सारालाई त्यसबखत उनका सहयोगीले पनि नाच्न रोकेका थिएनन् ।

पछि सैफ र अमृता पसलबाट बाहिर निस्कना साथ सहयोगी गर्वका साथ उनीहरूसामु पुगेको साराले बताएकी छन् । यो सुन्नासाथ अमृता एकछिन चकित परिन् । त्यसपछि सहयोगीलाई भनिन्, ‘प्यारी लागेर होइन, सारालाई भिकारी सोँचेर पैसा दिइरहेका छन् ।’

फिल्म ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी सारा ‘लभ आज कल’ र ‘सिम्बा’मा देखिइसकेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘कुल्ली नं. १’ रिलिजको तयारीमा छ । डेविड धवनद्वारा निर्देशित यो फिल्म यही डिसेम्बर २५ मा अमेजन प्राइमबाट सार्वजनिक हुनेछ । यसमा वरूण धवनको पनि मुख्य भूमिका छ । सारा आनन्द एल राईको ‘अत्रंगी रे’मा पनि देखा पर्ने भएकी छिन् । पर्दामा उनी अक्षय कुमार र धनुषसँग देखा पर्नेछिन् ।

प्रतिक्रिया
सम्बन्धित