७ कार्तिक २०८३, शनिबार

एसबिआई बैंकले विर्तामोडको परोपकार केन्द्रलाई दियो विद्युतीय उपकरणहरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्थित श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ ।

वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे द्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानह? हस्तान्तरण गरेका थिए ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।