शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

जनकपुरमा २२ वर्षीया महिला मृत फेला, हत्या भएको आशंका

दैनिक नेपाल २०७७ मंसिर ११ गते १९:१०

सांकेतिक तस्वीर

काठमाडौँ, ११ मंसिर । जनकपुरधाममा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

शव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ वर्षीया श्रीमती रेखा चौरसियाको रहेको जनाइएको छ ।

प्रहरीका अनुसार उनी बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

बारा कलैया घर भएकी उनी हाल जनकपुरमा डेरा लिई बस्दै आएकी थिइन् । शव हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

श्रीमान राजेशसँगै बस्दै आएकी रेखा शव फेला परेपछि भने श्रीमान फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित