
काठमाडौं, ११ मंसिर । सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै रात्रिकालिन व्यवसाय पनि सञ्चालन हुने क्रम बढेको छ ।
५ लाख भन्दा बढीलाई रोजगारी दिएको काठमाडौंको रात्रिकालिन व्यवसाय पनि धमाधम खुल्न थालेका छन् । काठमाडौंका रेष्टुरेष्ट, दोहोरी साँझ, गजल रेष्टुरेष्टहरु सुरक्षा मापदण्ड अपनाउँदै खोल्न थालिएको संचालकहरुले बताएका छन् । सरकारको स्पष्ट नीति नआए पनि स्थानीय प्रशासनसँगको समन्वयमा व्यवसायीहरु अगाडि बढेका हुन् ।
काठमाडौंको हात्तीसारस्थित आलिशन लाउन्जका संचालक राम थापाले आफूहरुले पनि शुक्रबारदेखि सञ्चालनको तयारी गरेको बताए । स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण प्रोटोकल लागू गरेर सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा बसेको उनले बताए ।
चैत्र ११ गते देखी पूर्ण बन्द रहेको आलिशान लगायतका “लाउन्ज” हरु उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गरिदैँछ ।
रात्रिकालिन मनोरञ्जन क्षेत्रहरु बन्द हुँदा लाखौंले रोजगारी गुमाएका छन् भने व्यवसायीहरुको आर्थिक अबस्था पनि बिग्रंदो अबस्थामा छ । घरभाडा अनि बैंकको ब्याजका कारण व्यवसायहरु थला परेका छन् ।















प्रतिक्रिया