बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनाले गर्दा यी सेलिब्रेटीहरू एक हुन पाएनन्

दैनिक नेपाल २०७७ मंसिर ११ गते ७:०६

मुम्बई । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट सन् २०२० मै विवाह गर्ने तयारीमा रहे पनि कोरोनाले गर्दा विवाह गर्न पाएका छैनन ।

अभिनेत्री आलियाले त विवाहका लागि कपडाको डिजाइनदेखि गहनाको सपिङसमेत सुरु गरिसकेकी थिइन् ।

कोरोनाको महामारी चलिरहँदा क्यान्सरबाट रणवीरका पिता एवं अभिनेता ऋषि कपुरको निधन भयो । केही महिनाबाट मुम्बईमा लकडाउन हटेको भए पनि बुबाको निधनका कारण रणवीरले आलियासँग तत्काल विवाह नगर्ने भएका छन् । आगामी सन् २०२१को अन्त्यतिरसम्म यी दुई दाम्पत्य सम्बन्धमा बाँधिने भएका छन् ।

नायक वरुण धवन पनि आफ्नी प्रेमिका नताशासँग सन् २०२० मै विवाह गर्ने योजनामा थिए ।

उनीहरूको विवाह पनि कोरोना संक्रमणपछि सुरु भएको लकडाउनका कारण रोकिएको छ ।

फिल्म कुल्ली नम्बर १ को रिलिजपछि वैवाहिक सम्बन्धमा बाँधिने घोषणा गरेका अभिनेता वरुणले आफ्नो विवाह अझै केही समयका लागि सारेका छन् । वरुणको दीर्घायुका लागि पत्नीको रूपमा नतासाले कर्वाचौथका व्रतसमेत लिइसकेकी छिन् ।

अभिनेत्री रीता चढ्डा र अभिनेता अली फजलले पनि सन् २०२० मै विवाह गर्ने घोषणा गरेका थिए । उनीहरूको विवाह पनि कोरोना भाइरसको संक्रमणपछिको लकडाउनले निर्धारित समयमा हुन सकेन ।

बलिउड अभिनेता पुलकित शर्मा र अभिनेत्री कृति खरबंदा पनि कोरोनापछिको लकडाउनका कारण सन् २०२० मा दाम्पत्य सम्बन्धमा बाँधिन सकेका छैनन् ।

केही समयदेखि लिभिङ रिलेसनमा बसेका यी जोडी पनि सन् २०२१ मा विवाहमा बाँधिने छन् ।

अभिनेत्री गौहर खानले पनि कोरोनापछिको लकडाउनका कारण प्रेमी दरबारसँग सन् २०२० मा विवाह गर्न सकिनन् । उनले पनि अब चाँडै आफुहरू दाम्पत्य सम्बन्धका बाँधिने बताएकी छन् ।

सन् २०२० मा विवाह गर्ने भनिएका अभिनेता गायक आदित्यनारायण झाको विवाह पनि अब सन् २०२१ मा मात्र हुने भएको छ । उनलाई पिता एवं गायक उदितनारायण झाले एक वर्षअघि नै विवाहका लागि स्वीकृति दिएका थिए ।

आफ्नी प्रेमिका श्वेता अग्रवालसँग उनी सन् २०२१ मा दाम्पत्य सम्बन्धमा बाँधिने भएका छन् । अहिले कोरोनाको संकटका कारण विवाह कार्यक्रमलाई केही महिना स्थगित गरेको आदित्यले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित