बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पूर्व पोर्नस्टार सनी लियोनी मुम्बई फर्किइन

दैनिक नेपाल २०७७ मंसिर १० गते ६:४४

मुम्बई । बलिउड नायिका एवं पूर्व पोर्न स्टार सनी लियोनी अमेरिकाबाट पुनः मुम्बई फर्किएकी छिन् ।

नयाँ फिल्ममा काम गर्नका लागि उनी पुनः मुम्बई फर्किएकी हुन् । कोभिड–१९ का कारण फिल्म सुटिङसँगै सबै कन्सर्टहरू रोकिएपछि आफूले परिवारसँग लामो समय अमेरिकामा बिताएको यी लियोनीले बताएकी छिन् ।

यसै साता मुम्बई फर्किएकी सनीले फिल्मको छायांकनमा जानु अघि फोटो सुट गरेकी छिन् । यतिबेला रातो पहिरनमा आफ्नो नयाँ आवरणको तस्बिर सार्वजनिक गर्दै लामो समयपछि फिल्मको छायांकनमा जान लागेको बताएकी छन् ।

घरमा बस्नुपर्दा फिल्मको काम गर्न पनि बिर्सिसकेको अवस्था आएको लियोनीले ठट्यौली पाराले बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित