शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मंगलबार थपिए देशभर १७९० जना संक्रमित, २७९१ जना डिस्चार्ज

दैनिक नेपाल २०७७ मंसिर ९ गते १६:१५

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार ८४३ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ जना पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २४ जना संक्रमितले ज्यान गुमाएका छन् यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३६१ जना पुगेको छ ।

हालसम्म नेपालमा १६ लाख ८१ हजार २९९ जनाको पीसीआर प्रविधिबाट कोरोना जाँच गरिसकिएको छ । हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया
सम्बन्धित