शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना जित्नेको संख्या २ लाख नाघ्यो, एकैदिन थप ३ हजार ४३ निको

दैनिक नेपाल २०७७ मंसिर ८ गते १७:५०

काठमाडौँ, ८ मंसिर । नेपालमा गत २४ घण्टामा थप ३ हजार ४३ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

योसहित निको हुनेको संख्या २ लाख २ हजार २ सय ६७ पुगेको छ ।

सोमबार १ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय २८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । जुन कुल संक्रमितको ९.५ प्रतिशत हो । हालसम्म कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ३ सय ३७ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित