८ कार्तिक २०८३, आइतबार

थप १९ सय ८० जनामा कोरोना पुष्टि, १६ को मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यससँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय २८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । जुन कुल संक्रमितको ९.५ प्रतिशत हो ।

हालसम्म कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ४३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २ लाख २ हजार २ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ३ सय ३७ जना पुगेको छ ।