शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना संक्रमणबाट २९३ जना नेपालीको विदेशमा मृत्यु, ४२८०३ जना संक्रमणमुक्त

दैनिक नेपाल २०७७ मंसिर ७ गते १३:५१

काठमाडौं, ७ मंसिर । कोरोना संक्रमण सुरु भएयता विभिन्न १९ वटा देशमा रहेका २९३ जना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिबार साँझसम्मको हो । समितिका अनुसार कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना, यूकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ ।

यस्तै विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५७८ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४२ हजार ८०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

समितिका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।

हालसम्म नेपालमा मात्र कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ भने त्यसमध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३०५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित