शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विप्लवलाई काठमाडौं उपत्यकामा फेरि धक्का, चन्दा आतंक मच्चाउने ‘नाइके’ पक्राउ

दैनिक नेपाल २०७७ मंसिर ७ गते ९:१३

काठमाडौं, ७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ पक्राउ परेका छन् ।

दर्नालसहित दुई नेताहरूलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दर्नालसँग अर्थ विभागका सदस्य सञ्जीव नेपालीपनि रहेका छन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले दर्नाल र नेपालीलाई नख्खुका व्यवसायीहरूसँग बैठक बसिरहेका बेला प्रहरीले पक्राउ गरेको जनाएका छन् । विश्वकर्माले पक्राउ परेका दुबै जनालाई रिहाइ गर्न माग गरेका छन् ।

प्रवक्ता विश्वकर्मा निकट मानिने दर्नाल र नेपालीले चन्दा उठाएर व्यापारी र विभिन्न व्यक्तिहरूलाई हैरान बनाएका थिए । उनीहरूले जबरजस्ती चन्दा उठाउँदै आएका थिए ।

काठमाडौं उपत्यकाभित्र विप्लवका केन्द्रीयस्तरका नेताहरू चन्दा आतंक मच्चाएको काण्डमा पक्राउ परेपछि विप्लवलाई धक्का लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित