बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौंमा झण्डै करोडको जुवा काण्ड यसरी मिल्यो, महाराजगञ्जका डीएसपीले थाहै पाएनन्

दैनिक नेपाल २०७७ मंसिर ६ गते ११:०७

काठमाडौं, ६ मंसिर । काठमाडौंमा तिहारका बेला ७९ लाख गुमाएका दिलीप लामासँग रमेश भण्डारी र रामदेव रिमालको सहमति भएको छ ।

लामालाई २५ लाखको चेक र करीव १५ लाख नगद फिर्ता गरेर शुक्रबार काठमाडौंमा सहमति भएको उच्च स्रोतले जनाएको छ । उनीहरूले गुपचुपमा सहमति गरेर विवाद मिलाएका हुन् ।

जुवामा ७९ लाख रुपियाँ हार्ने लामा जग्गा कारोबारी हुन् । उनलाई सेटिङमा जुवा खेलाएर भण्डारी र रिमालले पैसा खाइदिएको आरोप छ ।

भाइटीकाको एक दिन पहिला कात्तिक ३० गते काठमाडौंको हात्तिगौडास्थित सुरेश केसी ‘दाह्र अंकल’को घरमा गंगबु बसपार्कका रमेश भण्डारी र बानियाटारका रामदेव रिमालले बुढानिलकण्ठका दिलीप लामालाई सेटिङमा जुवा खेल्न बाध्य बनाइ ७९ लाख रुपियाँ झ्वाम परिदिएको दिलीप लामाले यसअघिकै समाचारमा बताएका थिए ।

त्यस बेला दिलीप लामाले रमेश र रामदेवलाई नगद ५४ लाख नगद तथा ५ लाख र २० लाख गरि दुई वटा चेक समेत दिएको जनाएका थिए । आफ्नै क्षेत्रभित्र भएको जुवाकाण्ड महाराजगञ्ज प्रहरीले थाहा पाएन ।

महानगरीय प्रहरी वृत्त महारागञ्जका प्रमुख (डीएसपी) रोशन खड्काले तिहारका बेला जुवा, तास रोकथाममा चासो नदिएका कारण झण्डै करोडको जुवा काण्ड भएको चर्चा छ ।

काठमाडौंमा ‘दाह्री अंकल’को घरमा हाइप्रोफाइल जुवा, व्यापारीको ७९ लाख ‘लुटपाट’

प्रतिक्रिया
सम्बन्धित