शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनआरएनए कोभिड १९ हिरो अवार्ड अस्वीकार

दैनिक नेपाल २०७७ मंसिर ३ गते ६:५८

दोहा । एनआरएनए एनसीसी कतारले बितरण गरेको कोभिड १९ हिरो अवार्ड बिवादमा परेको छ ।

हिरो अवार्ड पाउने ब्यक्तिले नै आफू यसको हकदार नभएको पोस्ट सामाजिक सन्जालमा आएपछि एनसीसीले बितरण गरेको अवार्डमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

कोरोनाले कतारमा रहेका नेपालीहरुको जनजीवनमा निकै समस्याहरू निम्त्याएको थियो । यस अबस्थामा एनसीसीको नेतृत्वमा कतारका नेपाली समाजहरूले गरेको सहयोग र सहकार्यको जति तारिफ गरे पनि कमी नै हुन्छ ।

काम र सहयोगमा खटिएकाहरूलाई अवार्ड दिएर हौसला दिनु राम्रो हो । अवार्ड पाउने ब्यक्तिले लिन नै नसक्ने गरि बितरण गर्दा एनसीसीले केका लागि यो अवार्ड बितरण गरेको होला ?

पछिल्लो समय कतारबाटै प्रतिनिधित्व गरेका बहालवाला एनआरएनएनका मध्यपूर्व संयोजक पनि विवादिद बनेका छन । त्यसैलाई साथ दिन कतारको एनसीसी समेत लागि परेको अबस्थामा कतारको एनआरएनएको महत्वमाथी शंका उब्जाएको छ ।

प्रतिक्रिया
सम्बन्धित