
काठमाडौँ, २ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव स्थगित गरी सहमतिको नयाँ बाटो अबलम्बन गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले धारणा राखेका हुन् ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुरुङले अध्यक्ष प्रचण्डको प्रस्तावले प्रतिक्रान्ति निम्त्याउने भन्दै स्थगित गरेर नयाँ सहमतिको बाटो अवलम्बन गर्न सुझाव दिएका हुन् ।
‘प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्ष खडा भएर नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ मन्त्री गुरुङले भनेका छन् । त्यस्तै, उनले पदकै लागि पार्टी फुटको संघारमा पुगेको हो भने आफू पद त्याग्न तयार रहेको बताएका छन् ।
‘सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व (प्रधानमन्त्री) परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री पद त्याग गर्न पनि तयार छौँ । यो भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न, वर्तमान संकट व्यवस्थापन गर्न सम्मानीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेता कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु,’ मन्त्री गुरुङको भनाई छ ।
सञ्चारमन्त्री गुरुङको सुझाव
कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्ष खडा भएर नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं । सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री पद त्याग गर्न पनि तयार छौं । यो भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न, वर्तमान संकट व्यवस्थापन गर्न सम्मानीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेता कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु ।















प्रतिक्रिया