शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेकपाको स्थायी समाधान : महाधिवेशन पछि दोश्रो पुस्तामा नेतृत्व हस्तान्तरण

वि वि श्रेष्ठ २०७७ मंसिर २ गते १७:०९

-वि वि श्रेष्ठ

अस्थिरतामा फसेको नेपालको राजनिती नेकपाको करिव दुईतिहाई जनमतप्राप्त वाट वनेको केपी शर्मा ओलीको सरकार गठन पाश्चात जनतामा आशा र भरोसा जागेको थियो । लामो समयदेखि नौ महिने सरकार र अल्पायुका कारण नेपालको हरेक क्षेत्र अस्तव्यस्त वनेको थियो ।

यहि अस्थिरतालाई चिर्ने र विकास र समृद्धि ल्याउने उद्घोषका साथ निर्वाचनमा होमिएको नेकपा देशको नै सवैभन्दा ठुलो पार्टी वन्यो । राणाशासन, राजतन्त्र हुदै दशक भन्दा लामो समय जनयुद्धको चपेटामा परेको आम जनता स्थिर सरकार वनेपछि देश सुखी र समृद्ध हुने आशामा थियो ।

जुन स्वभाविक पनि थियो । देशमा देखिएको अन्यौलतालाई चिर्नका लागी नेकपालाई सवैभन्दा ठुलो शक्ति वनाएको आम जनता भने विश्वमा नै कोरोनाका कारण अस्तव्यस्तता वनेको सन्दर्भमा शक्ति र सत्ताका लागी देखाएको गाईजात्रे प्रवृत्तिले नैराश्यता बनाएको छ ।

नेकपाको विवाद यो समयमा कति उचित कति अनुचित ? यो प्रश्न गम्भिर रुपमा देखा परेको छ । आम जनताको चाहना नै स्थिर सरकार र समृद्ध नेपाल वनाउने अभियान थियो ।

चुनावी प्रतिवद्धता देखेर नै आम जनताले मत दिएका थिए । स्थिर सरकारले नै जनतालाई सम्पन्न वनाउने आम चाहना थियो । जनताले आफनो भुमिका पुरा गरिसकेपछि अव सरकारले आपनो जिम्मेवारी पुरा गर्नु नै अहिलकेो आवश्यकता थियो ।

तर नेकपाको सरकार के जनचाहना वमोजिम काम गरिरहेको छ ? के सरकारको नेतृत्व गरेको पार्टीले जनअपेक्षा वमोजिम काम गरिरहेको छ ? यसको समिक्षा नै अहिलेको निकास हो ।

लामो समयसम्म सत्ता र नेतृत्वलाई आफनो विर्ता सोच्नेहरुको अस्वभाविक क्रियाकलाप नै अहिलेको समस्या हो । विधि विधान र पद्धति त देखाउने दाँत मात्र हो । जुन जनताले पहिचान गरिसेकेका छन् ।

लोकतन्त्रमा जनअभिमत नै सवैभन्दा ठुलो शक्ति हो । शक्ति प्राप्त भएपछि त्यसको मर्म पुरा गर्नु सम्वद्ध राजनैतिक पार्टी र सरकारको उद्येश्य हुनुपर्दछ ।

तर कोरोनाका कहरका वीचमा नेकपा र सरकारले जनताप्रति उत्तरदायित्व वहन गर्यो या गरेन, त्यो वहसको विषय वन्नु पर्दछ । निश्चिय पनि सरकार सम्वद्ध पार्टीको घोषणापत्रप्रति चल्नुपर्दछ । तर अहिलको सन्र्दभलाई केलाउने हो भने नेकपाको विवादले दुनिया हसाएको छ ।

कोरोनाले देश र जनतालाई नै आक्रान्त पारेको सन्र्दभमा नेताहरुको सत्ता र शक्तिमोहका कारण अस्थिर अवस्थाले नेताहरु जनताप्रति उत्तरदायि रहेनछ भन्ने पुष्टि भएको छ । आफु अनुकुलताका लागी विधि, विधान र सिद्धान्तका नारा उराल्नेहरु जनताका समस्याप्रति जिम्मेवार वन्नु पर्देन ?

हरेक विषयको पनि निश्चित समय हुन्छ, जनता र देश नै शोक र भोकमा डुविरहेको अवस्थामा शक्तिका लागी गरिएको तिकडम आम जनताका लागी सहय वनेका छैन ।

जनताको जीवनस्तर, स्वास्थ्य, शिक्षा रोजगारका विषयमा पार्टी भित्र खुल्ला छलफल हुनुभन्दा पनि मन्त्री र राजदुत, पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने अभिलाषाका साथ गरिएको व्यवहारले नेताहरु आखिर के चाहन्छन भन्ने पुष्टि भएको छ । लोकतन्त्रमा पार्टी प्रधान हुन्छ, पार्टीले सरकारको नेतृत्व गर्नुपर्दछ, । यसमा कुनै सन्देह छैन ।

तर पार्टी जनताप्रति उत्तरदायी वन्नुपर्दछ । जनताप्रति उत्तरदायि नवन्ने पार्टी नेतृत्वले पद र शक्तिका लागी जनताको नाममा गरिने कुत्सित हत्कण्डा लोकतन्त्र भित्र कदापी पर्देन । नेकपा भित्रको मुल समस्या यहि हो ।

विधि, विधान र लोकतान्त्रिक पद्धति नेताहरुका लागी जुगाँको लडाई भईदियो । पद र शक्ति प्राप्तिका लागी यो प्रयोग भईदियो । देश र जनतालाई सधै अस्थिरतामा राखेर आफनो भुमिका प्रधानता मा नै जोड दिने प्रवृत्ति लोकतन्त्र कदापी हुन सक्दैन । पार्टीले सरकारले गरेको काम कारवाहीलाई मुल्यांकन गरेर स्वतन्त्र ढंगले काम गर्न दिनुपर्दछ ।

आफनो अस्तित्व सखाप हुने भयमा सरकारको सधै आलोचना मात्र गरिरहने हो भने कसैको पनि भविश्य सुखद वन्दैन । आलोचना पनि स्वभाविक हुनुपर्दछ । जनअपेक्षित हुनुपर्दछ । तर नेकपा भित्रको अन्तद्धन्द्ध फगत शक्ति र सत्ता केन्द्रित वाहेक अन्य केहि देखिदैन ।

नेकपाको अवको समाधान भनेको ओली सरकारलाई सुझाव सहित सरकारको सहज नेतृत्व र महाधिवेशन नै हो । चैत्रमा गर्ने भनिएको महाधिवेशनको तैयारी र हिजो चुनावमा गरिएको जनतासामु गरिएको प्रतिवद्धताको कार्यन्वयन ।

एक्काईसौ शताव्दीका जनतालाई पनि सधै रैती सम्झने प्रवृत्ति नै नेतृत्वगणको कमजोरी हो । आफु मात्र ठिक भन्ने प्रवृत्ति अव जनतालाई स्वीकार्य हुन सक्दैन ।

पार्टीमा सधै हालीमुहाली गरिरहेकाहरुको नेतृत्व अव आम जनतालाई स्वीकार्य हुन सक्दैन । पटक पटक पार्टी र सरकारका नेतृत्व गर्नेहरु अव अभिभावक वनेर दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पर्दछ ।

यसले नै नेकपाको भविश्य सुन्दर वनाउनेछ । फेरि पनि लोभ लालचाका लागी आफनो पद र शक्तिका लागी गरिने हत्कण्डालाई कार्यकर्ताले सहन सक्दैन । नेकपामा देखिएको विवादको मुख्य चुरो यहि हो ।

सरकार संचालनका क्रममा कमजोरी हुन्छन्, सच्चिएर अगाडी वढ्नुपर्दछ । व्यक्तिलाई देखिएको शक्तिमोहका कारण पार्टी अव वन्धक वन्दैन ।

कुनै पनि व्यक्तिको योग्यता र क्षमता निश्चित समय र विन्दुसम्मका लागी उपयुक्र्त हुन्छ, नकि सधै भरका लागी । आफुलाइृ केन्द्रविन्दुमा राखेर गरिएका हत्कण्डा अव जनतालाई स्वीकार्य हुन सक्दैन ।

लामो समयसम्म सत्ता र नेतृत्वलाई आफनो विर्ता सोच्नेहरुको अस्वभाविक क्रियाकलाप नै अहिलेको समस्या हो । विधि विधान र पद्धति त देखाउने दाँत मात्र हो । जुन जनताले पहिचान गरिसेकेका छन् ।

पहिलो पुस्ताको नेताहरुको भुमिकालाई सम्मान गर्दे अगामी दिनमा महाधिवेशन पाश्चात दोश्रो तहमा पुस्ताहस्तान्तरण नै अहिलको नेकपाको स्थायी समधानको वाटो हो ।

विषयवस्तुको उठान र पैठान जनतामा केन्द्रित हुनुपर्ने हो । तर त्यो देखिएन । जसरी पनि पुन पार्टी अध्यक्ष र प्रधानमन्त्री वन्ने लोभमा गरिएका यो तिकडम वाज अव जनतालाई पाच्य हुन सक्दैन ।

किनकि पार्टी कसैको पनि पेवा होईन, कसैले सधै नेतृत्व गर्न पाउने । आवश्यकताका आधारमा नेतृत्व विकास हुने हो । कसैको व्यक्तिगत चाहनामा देश र जनतालाई नै वन्धक वनाउन पाईदैन ।

नेकपा भित्र अव दोश्रो पुस्ताको उदय आवश्यक भईसकेको छ, नकि पुन पुरानै अनुहारको । नेकपा त्यति कमजोरहरुको पार्टी होईन, यो त युवा र कर्मठहरुको पार्टी हो । जहाँ नेतृत्वका लागी एकसे एक दावेदारहरु रहेका छन् ।

पहिलो पुस्ताको नेताहरुको भुमिकालाई सम्मान गर्दे अगामी दिनमा महाधिवेशन पाश्चात दोश्रो तहमा पुस्ताहस्तान्तरण नै अहिलको नेकपाको समधानको वाटो हो ।

यो भन्दा अन्य वाटोवाट नेकपा हिड्न हुदैन, हिड्न दिनुहुदैन । कुनै नेताको फेरो समातेर वैतरणी तरिन्छ भन्ने सोच कमजोर मानसिकताको घोतक मात्र हो ।

जुन हामीले हटाउनै पर्दछ । पटक पटक परिक्षण भईसकेको व्यक्तिले अव नेपालको सन्दर्भमा नयााँपनको आभास दिन सक्दैन । यसैका लागी आम जनता र कार्यकर्ताले खवरदारी गर्नु नै अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया
सम्बन्धित