शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीको कार्यक्रम रद्द

दैनिक नेपाल २०७७ मंसिर २ गते १०:४१

काठमाडौं, २ मंसिर । पार्टीभित्र विवाद बढीरहेका बेला प्रधानमन्त्री केपी ओलीको ताप्लेजुङ भ्रमणको कार्यक्रम स्थगित भएको छ ।

ओलीले मंसिर ५ गते ओलाङचुङगोला र घुन्साको भ्रमण गर्ने कार्यक्रम थियो ।

नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उदघाटन गर्ने कार्यक्रम तय भएको थियो ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनका कारण पार्टीभित्र विवाद छ । सो विवाद मिलाउन ओलीले प्रयासहरू गरिरहेका छन् ।

ओली समूहले दाहालद्वारा पेश गरिएको प्रतिवेदनलाई ‘अभियोग पत्र’ भनेर टिप्पणी गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित