शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी, सातको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १ गते ८:४५

हङकङ, १ मंसिर । हङकङको जोर्डन भन्ने स्थानमा नेपाली रेष्टुरेन्टमा आगलागी भएको छ ।

आगलागी हुँदा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरूलाई उद्धार गरिएको छ ।

आगलागी भएको रेष्टुरेन्ट नेपालीहरूले लाइसेन्स नलिइकन सन्चालन गरेको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित