३ कार्तिक २०८३, मंगलबार

भारतीय अभिनेता चटर्जीको काेराेनाबाट निधन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतीय अभिनेता सौमित्र चटर्जीको ८५ वर्षको उमेरमा निधन भएको छ ।

निर्देशक सत्यरजीत रेको फिल्मबाट अभिनय थालेका चटर्जीको कोलकातास्थित एक अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

भारतीय फिल्ममा प्रदान गरिने सर्वोच्च पुरस्कार दादासाहेब फाल्के अवार्ड प्राप्त उनले फिल्म क्षेत्रमा ६१ वर्ष बिताए । छवि विश्वास, उत्तम कुमार, उत्पल दत्तलगायत बंगाली फिल्मका नामुद कलाकारसँग उनले काम गरेका थिए ।

सत्यजीत रेको फिल्म ‘अपूर संसार’बाट अभिनय सुरु गरेका चटर्जीले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।